Home Breaking News अमर तमु बने गाेरखा माओवादी पार्टी इञ्चार्ज

अमर तमु बने गाेरखा माओवादी पार्टी इञ्चार्ज

बिहिबार, फाल्गुन ११, २०७९
0
135

Exif_JPEG_420

गोरखा । द्वन्दकाे  समयमा जनसरकार प्रमुख रहेका अमर तमु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाको इन्चार्जमा सर्वसम्मत चयन भएका छन् ।  माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका तमुलाई गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

यसअघि जिल्ला  रहनु भएका नेता कृष्ण धितालले पार्टी परित्याग गरेपछि रिक्त रहेकाे जिल्ला इञ्चार्जमा अमर तमुलाइ जिम्मेवारी प्रदान गरिएकाे माओवादी केन्द्रले जानकारी दिएकाे छ ।

वि.स २०५३ सालमा पार्टीको पूर्णकालिन सदस्य भएर जनयुद्धमा लागेका  नेता तमु वि.स २०५५ सालमा पार्टीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उपव्युरो सदस्य तथा पार्टीको गोरखा जिल्लाको जनसरकार प्रमुख बनेका थिए ।

२०५९ मा तत्कालिन नेकपा माओवादीको तत्कालिन क्षेत्रिय व्युरो सदस्य रहेका उनले  वि.स २०६० देखि ०६१ सम्म कास्की जिल्लाको इन्चार्जको कमाण्ड सम्हालेका थिए ।

२०६९ साल देखि केन्द्रीय सदस्य रहँदै आएका छन् । पार्टी भित्र इमान्दार छवि भएका गुरुङ तमु राष्ट्रिय मुक्ति माेर्चाकाे केन्द्रीय अध्यक्ष समेत रहिसकेका छन् । पार्टीमा उनी कुशल नेतृत्व रहेका छन् । भद्र र शालिन स्वभावका नेता तमु अफ्ठेराे अवस्थामा पार्टीका लागि कुशल शैलीले काम गर्दै आएका छन् । नेता तमु पद, प्रतिष्ठा र पैसा भन्दा पनि जनताकाे समस्या र विकास निर्माणकाे अभियानमा सँधै कटिबद्ध  रहँदै आएका माओवादीका नेताहरुकाे भनाइ छ ।

माओवादी पार्टीमा जिल्ला इञ्चार्चकाे निर्देशन व्यवहारमा कार्यन्वयन हुने गर्दछ ।

NO COMMENTS