Home Breaking News यातायात मजदुरहरुकाे हक, हित र अधिकारका लागि पार्टीले सहयाेग गर्छ : जिल्ला...

यातायात मजदुरहरुकाे हक, हित र अधिकारका लागि पार्टीले सहयाेग गर्छ : जिल्ला इञ्चार्ज तमु

सोमवार, फाल्गुन २२, २०७९
0
202

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गाेरखा जिल्ला इञ्चार्च अमर तमुले यातायात मजदुरहरुकाे हक हित र अधिकारीका लागि नेकपा माओवादीले सहयाेग गर्ने बताएका छन् । मजदुर भनेकाे देश निर्माणका शक्ति भएकाे बताउँदै यातायात मजदुरकाे भूमिका झनै उच्च रहेकाे बताए ।

अखिल नेपाल यातायात मजदुर सँगठन गाेरखाले आज छेपेटार स्थित महादेवटारीमा गरेकाे जिल्ला भेलालाइ सम्बाेधन गर्दै नेता तमुले पार्टी नेतृत्वमा सरकारमा रहेका समय मजदुर यातायात व्यावसायिका समस्याहरु समाधान गर्ने बताए ।

 

कार्यक्रममा गाेरखा जिल्ला समन्वय समितिका प्रमुख माेहन बहादुर थापा मगर, अखिल नेपाल यातायात मजदुर सँघका केन्द्रिय अध्यक्ष दिपक केसी, मजदुर सङ्गठनका फ्र्याक्सन इञ्चार्ज सुदिप नगरकाेटी, अखिल नेपाल यातायात मजदुर सँघ गण्डकी प्रदेश अध्यक्ष सुर्यभक्त पाैडेल, पत्रकार महासँघ गण्डकीका काेषाध्यक्ष राजेन्द्र न्याैपाने दराैँदी यातायात प्रालिका अध्यक्ष नारायण खत्री , ट्राफिक प्रहरी बसन्त पाैडेल,मनकामना यातायात प्रालिका अध्यक्ष सुरेन लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए

आज भएकाे भेलाले निर्मल राना मगरकाे अध्यक्षतामा नयाँ कार्य समितिकाे घाेषणा गरेकाे छ । जसकाे उपाध्यक्षमा सन्ताेष राेका, सुनिल गजमेर, सुनिल श्रेष्ठ सचिव लक्ष्मण सुनार, सहसचिव हरी गैरै, काेषाध्यक्ष लामु लामा, सदस्यहरु लेख बहादुर अधिकारी, सुरेश आले मगर, शँकर रिमाल, राजु तिवारी, प्रकाश विश्वकर्मा, सुरज कुमाल, अशाेक मग्राति, ट‌क नेपाली, निरज वानियाँ, कुमार रम्तेल रहेका छन् ।

यसैगरी सल्लाहाकार समितिमा लक्ष्मण देवकाेटा, कपिल नेपाली, कृष्णमानसिँह बस्नेत, काले तामाङ रवि दाइ, इश्वर केसी, कृष्ण सिर्मल रहेका छन् ।

कार्यक्रममा समितिका पूर्व अध्यक्षहरु, असल चालक, असल सहचालकलाइ सम्मान गरिएकाे थियाे । साथै ट्राफिक प्रहरीले चालक, सहचालकले सवारी चलाउँदा गर्नुपर्ने कामहरुका बारेमा प्रशिक्षण समेत प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा मजदुरहरुले एक आपसमा अविर लगाएर फागु पूर्णिमा मनाएका थिए । कार्यक्रम शान्त र साैहार्द वातावरणमा सम्पन्न भएकाे थियाे ।

NO COMMENTS