Home समाचार बारपाक सुलिकाेट गाउँपालिका वडा नम्बर ८ मा सिलाइकटाइ तालिम सुरु

बारपाक सुलिकाेट गाउँपालिका वडा नम्बर ८ मा सिलाइकटाइ तालिम सुरु

शुक्रबार, चैत्र ३, २०७९
0
122

गोरखा  । बारपाक सुलिकोट गाँउपालिका वडा नं. ८ गैरीछापमा तीन महिने सिलाई कटाई सम्बन्धि तालिम सुरु भएको छ । गाँउपालिकाको आयोजनामा गरिबि निवारणका लागी लघु उधम बिकास कार्यक्रम अन्तरगत बिहीबारदेखी तीन महिने सिलाई कटाई सम्बन्धि तालिम सुरु गरेको हो ।

तालिमको एक कार्यक्रमका बिच गाँउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले उद्घाटन गरेका हुन् । सिलाई कटाई सम्बन्धि तालिममा वडा भित्रका १४ जना महिलाहरुको सहभागिता रहेका छन् । तालिममा १४ जना सहभागिता रहे पनि सिलाई मेशिन भने ८ वटा मात्रै उपलब्ध भएकोवडा अध्यक्ष शरण गुरुङले जानकारी दिए ।

‘अहिले हामीलाई ८ वटा सिलाई मेशिल प्राप्त भएको छ, बाँकीलाई कटिङ सिकाइने छ, पालैपालो गरी सबैलाई सिलाई कटाई दुबै तालिम सिकाउछौं ।’ अध्यक्ष गुरुङले भने । महिलाहरुलाई अत्मानिर्भर बनाई स्वारोजगार हुनका लागी तालिम दिइएको वडा अध्यक्ष गुरुङले बताउनुभयो। ‘ मान्छे आफैंमा केही पनि आत्मानिर्भर हुदैंनन् ।’ उहाँले भन्नुभयो, ‘ विषेश गरि महिलाहरुलाई आत्मानिर्भर बनाउनका लागी हामीले तालिम आयोजना गरेका हौं ।’

अध्यक्ष गुरुङका अनुसार गरिब, दलित तथा जनजाति वर्गका महिलाहरुलाई प्रथामिकतामा राखेर तालिम सुरु गरिएको हो । ‘हामीले यस तालिमका लागी आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई छनोट गरेका छौं ।’  ‘तालिममा गरिब, दलित तथा जनजाति वर्गका महिलाहरुलाई विषेश प्रथामिकतामा राखेका छौं । ’

यस्ता खालका तालिमहरुले महिलाहरुलाई सशक्तिकारण गरी थप उदुयमशील र क्षमतावन बनाउने उदेश्य रहेको उनकाे भनाई छ । वडाध्यक्ष शरण गुरुङको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

 

 

NO COMMENTS