गोरखा । जिल्लाकाे बारपाक सुलिकोट गाँउपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई मानसिक रोग रोकथाम तथा उपचार सम्बन्धि अभिमुखीकरण गराएको छ ।
गाँउपालिकाको आयोजना टिपिओ नेपालको प्रबिधिक सहयोगमा मानसिक रोग रोकथाम तथा उपचार सम्बन्धि ५ दिने मोडुल टु बी तालिम सम्पन्न भएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिए ।
गाँउपालिकामा बढ्दै गरेको मानसिक स्वस्थ्य समस्याका बिरामीहरुलाई मध्यनजर गर्दै सो समस्याहरुलाई कम गर्नको लागि पारामेडिक्स स्वस्थ्यकर्मीहरुलाई अभिमुखीकरण गराएको उनले बताए। कार्यक्रमलाई टिपिओ नेपालका प्रशिक्षक डा कमल गौतम र डा वसन्त ढुंगानाले सहजीकरण गरेका थिए ।






