Home Breaking News भीमसेन थापा गाउँपालिका भित्रका जनप्रतिनिधिहरुलाइ तालिम

भीमसेन थापा गाउँपालिका भित्रका जनप्रतिनिधिहरुलाइ तालिम

शनिबार, चैत्र ४, २०७९
0
137

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा जनप्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । गाउँपालिकाको सभाहलमा आजदेखि दुई दिने जनप्रतिनिधि क्षमता अभिबृद्धि तालिम सुरु भएको गाउँपालिकाले जनाएकाे छ ।

पालिका भित्रका ८ वटै वडाका वडाध्यक्ष, वडासदस्य तथा गाउँकार्यपालिका सदस्यहरुलाई सामाजिक सुरक्षा, जवाफदेहिता, कानुनी परामर्स लगायतका सवालमा अभिमुखीकरण प्रदान गरिएको हाे ।

जनप्रतिनिधिहरूलाई तालिममा मानव अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, जनमुखी विकास, दिगो विकास लक्ष्य, गाउँपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारको अवस्था र जनप्रतिनिधिको भूमिका, मौलिक हक तथा स्थानीय तहमा रहेका कानुनी प्रावधान, निगरानी समितिको आचारसंहिता लगायतका विषयमा समेत जानकारी प्रदान गरिएको अध्यक्ष बन्जराले जानकारी दिनुभयो । तालिममा पालिका भित्र ४३ जनाको सहभागिता रहेका छन् ।

NO COMMENTS