लायन्स क्लव अफ गाेरखा अध्यक्षमा मास्के

आइतवार, चैत्र ५, २०७९
0
141
लायन्स क्लव अफ गाेरखाका निर्वाचित समूह ।

गोरखा । लायन्स क्लव अफ गोरखाको अध्यक्षमा भगवानबाबु मास्के चयन हुनु भएका छन् । मास्के लायन्स क्लव अफ गोरखाको वर्ष २०२३/०२४ का लागि अध्यक्षमा चयन भएका छन् ।

कार्य समितिको प्रथम उपाध्यक्षमा सुजन कुँवर, द्वितीय उपाध्यक्षमा अयोध्या जोशी, तृतीय उपाध्यक्षमा शरद श्रेष्ठ, सचिवमा गोविन्द्र गुरुङ र कोषाध्यक्षमा सन्जय अधिकारी चयन भएको क्लवले जनाएको छ ।

क्लव एड्मिननिस्टे«टरमा अस्मकबाबु श्रेष्ठ, एलसिआईएफ चेयर पर्सनमा धिरजबहादुर मास्के, मेम्बरसिप चेयर पर्सनमा राजनराज पन्त र क्लव सर्भिस चेयरपर्सनमा दिपक श्रेष्ठ चयन भएका छन् ।

क्लव मार्केटिङ कम्युनिकेसन चेयर पर्सनमा राजेन्द्रप्रसाद अधिकारी, डाइरेक्टरमा श्यामबाबु जोशी, श्याम बाबु श्रेष्ठ, लियो सल्लाहाकारमा चन्दनबाबु खत्री चयन भएको लायन्स क्लव अफ गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here