Home Breaking News पूर्वमन्त्री रायमाझी पक्राउ, भैरहवाबाट काठमाण्डाै लैजादै प्रहरी

पूर्वमन्त्री रायमाझी पक्राउ, भैरहवाबाट काठमाण्डाै लैजादै प्रहरी

बिहिबार, बैशाख २१, २०८०
0
143

रुपन्देही । एमाले सचिव एवम् पुर्व मन्त्री तथा अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रकरणमा जोडिएका रायमाझी भैरहवाबाट काठमाडौं जाने क्रममा भैरहवा विमानस्थलबाट पक्राउ परेका प्रहरीले जनाएको छ । उनका छोरा सन्दीपलाई यसै प्रकरणमा प्रहरीले हिजो राती बुटबलबाट पक्राउ गरेको थियो । सन्दीपलाई आज अदालत पेश गर्ने तयरी छ ।

टोपबहादुरलाई आजै काठमाण्डौं लगेर ल्याई अनुसन्धान पूरा नहुँदासम्म हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

यसैगरी, ठगी प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे हिजो नै पक्राउ परेका छन् । पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सोही मुद्दामा मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NO COMMENTS