पाेखरा । गण्डकी प्रदेशको काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा गोरखाका नन्दप्रसाद न्यौपाने मनोनयन भएका छन् ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार न्यौपानेलाई सचेतकमा नियुक्ति गरेका हुन् ।
नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा (११) को उपधारा (१) बमोजिम न्यौपानेलाई दलको प्रमुख सचेतकमा मनोनयन गरेको नेपाली काँग्रेस संसदीय दलको कार्यालय गण्डकी प्रदेशले जनाएको छ ।
न्यौपाने गोरखा क्षेत्र नं १ बाट निर्वाचित गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली काँग्रेस गोरखा जिल्लाको पार्टी सभापति हुन् ।