Home Breaking News रुखले किचेर घाइते भएका अधिकारीकाे हेलिकप्टरबाट उद्धार

रुखले किचेर घाइते भएका अधिकारीकाे हेलिकप्टरबाट उद्धार

शनिबार, बैशाख ३०, २०८०
0
146

गाेरखा । अजिरकाेट गाउँपालिका वडा नम्बर ३ निवासी ३२ वर्षिय राजेन्द्र अधिकारीकाे नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरिएकाे छ । शुक्रबार दिउँसाे रुख काट्ने क्रममा सख्त घाइते भएका अधिकारीकाे अजिरकाेट गाउँपालिकाले उद्धार गरेकाे हाे ।

अधिकारीलाइ उपचारका लागि काठमाण्डाै लैजानुपर्ने भएकाेले गाउँपालिकाले जिल्ला प्रशासनलाइ पत्र लेखि पठाएकाे थियाे  । प्रशासनले गृह मन्त्रालयलाइ लेखि पठाएसँगै घाइते अधिकारीकाे उद्धार भएकाे हाे ।

NO COMMENTS