Home कृषि गोरखाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेश उत्कृष्ट कार्यालयकाे सम्मान

गोरखाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेश उत्कृष्ट कार्यालयकाे सम्मान

शुक्रबार, जेष्ठ २६, २०८०
0
154

गोरखाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेशको उत्कृष्ट कार्यालयका रुपमा सम्मानित भएको छ ।

गोरखामा रहेका कार्यालयमध्य कार्याविधि र मापदण्ड अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उत्कृष्ट कार्यालयका रुपमा घोषित भएको  बताइएकाे छ ।

‘नमूना कार्यालय छनौट कार्यविधि २०७८ बमोजिम गण्डकी प्रदेश सकार मातहातका गोरखा जिल्ला स्थित कार्यालयहरु मध्ये संवत २०७९ सालको उत्कृष्ट नमूना कार्यालय हुन सफल भएको नगद रु ३० हजार राशी सहित यो प्रमाणपत्र प्रदान गरिएको छ,’ प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा कार्यालयलाई सम्मान गरिएको थियो । तर मुख्यमन्त्री कार्यालयबाट समयमै सूचना प्राप्त हुन नहुदा शुक्रबार मात्र सम्मान पत्र ग्रहण गरिएको कार्यालय प्रमुख डा. शर्मिला कुमालले जानकारी दिइन् ।

NO COMMENTS