गाेरखा । जिल्लाकाे साम्दाे र छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापना कार्यमा तत्परता देखाउन उत्तरी गाेरखाबाट गएकाे टाेलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएकाे छ ।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाको नेतृत्वमा गएकाे जनप्रतिनिधि टोलीले मंगलबार गृहमन्त्री श्रेष्ठसँग भेटघाट गरेकाे छ ।
चीनसँग सिमा जोडिएको उत्तरी गोरखाको साम्दो र छेकम्पारमा विओपी स्थापना गर्ने भनिएको छ । स्थापनाको कार्यमा ढिलाइ नगर्न भन्दै गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको पालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
सो क्षेत्रमा विओपी स्थापना हुँदा सिमा सुरक्षासँगै विपदको समयमा उद्धार र पर्यटक एवं स्थानीयको सुरक्षा समेत हुने उनको भनाइ छ । अवैध वस्तुको ओसार पसार नियन्त्रण हुने उनले अपेक्षा गरेका छन् ।
गृहमन्त्रीसंगको भेटमा उनीहरुले उत्तरी गाेरखाकाे वनमा पाइने वन्यजन्तुलाइ घरमा पनि पाल्न पाउने व्यवस्था गरिदिन , हिमाली चिडियाघर निर्माण गर्न र निषेधित क्षेत्र हटाउन माग गरेका छन् ।