Home पर्यटन चुम चिनाउने म्युजिक भिडियाे सार्वजनिक

चुम चिनाउने म्युजिक भिडियाे सार्वजनिक

बुधबार, कार्तिक १५, २०८०
0
180

चुम उपत्यकालाई चिनाउने म्युजिक भिडियो सार्वजनिक भएको छ । चुमभ्याली म्युजिक भिडियो अभियान समितिले निर्माण गरेको ‘हाम्रो चुमभ्याली’ नामको म्युजिक भिडियो भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा हालै सार्वजनिक भएको हो ।

चुम उपत्यकाका छाङ चुम्पा लामाको शव्द, आरुघाटका संगीतकार राजु थापाको संगीत र चर्चित गायक राजु लामा र चुम उपत्यकाकी लोकप्रिय गायिका छिरिङ ल्हामो चुम्पाको स्वरमा सजिएको सो म्युजिक भिडियोमा स्थानीय कलाकारहरुकै मोडलिङ रहेको छ ।

‘उदियमान मोडलहरु जोनिशा गुरुङ र सेराप ग्याल्जेन लामा प्रमुख मोडलका रुपमा रहेका छन्’, म्युजिक भिडियोका परिकल्पनाकारमध्यका छाङ चुम्बा लामाले भने, ‘यसमा पाश्र्व स्वर रहेको छिरिङ ल्हामो चुम्पा पनि हिमाली भेगमा प्रचलित सांस्कृतिक समूहको चर्चित कलाकार हुन् ।’ यसमा पोखराका चर्चित नृत्य निर्देशक लबसन गुरुङको निर्देशन र अमृतमान गुरुङको कोरियोग्राफी रहेको उनले बताए । म्युजिक भिडियोमा चुमनुब्री गाउँपालिका ७ छेकम्पार र वडा नं. ६ चुम्चेतका विभिन्न सुन्दर दृश्यहरु समेटिएका छन् ।

 

NO COMMENTS