Home Breaking News शहिदलखनमा स्थानीय वन ऐन र कार्यविधि सम्बन्धी छलफल

शहिदलखनमा स्थानीय वन ऐन र कार्यविधि सम्बन्धी छलफल

शुक्रबार, कार्तिक १७, २०८०
0
134

गाेरखा । शहिदलखन गाउँपालिकामा स्थानीय वन ऐन र कार्यविधि सम्बन्धि छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।  अध्यक्ष रमेशबाबु थापा मगरकाे प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा स्थानीय वन एेन कस्ताे बनाउने भन्ने बारेमा छलफल भएकाे थियाे ।

प्रमुख अतिथि थापाले हाम्राे पालिकामा बाँदरले दुख दिएकाे छ, यसलाइ दुख दिने जनावरमा राख्नुपर्दछ । बनमा बजारमा विक्री हुने फलफूल राेप्नुपर्दछ । हिजाेकाे जस्तै चिलाउने र कटुस हुर्काउने याेजनाले पालिका अघि नबढाउने भएकाले वन ऐन निर्माणमा अझै अरु कार्याशाला गर्नुपर्ने बताए । समाजले वनकाे महत्व अझै नबुझेकाे उनले बताए । मानव सभ्यतासँग वन जाेडिएकाले यसकाे सँरक्षण र सदुपयाेग गर्नुपर्ने उनले बताए । पालिकामा वन हेर्ने अधिकारी केन्द्र सरकारले ताेक्न नसकेकाे, शहिदलखनका मानिसहरुलाइ सिउरेनीटारका अफिसमा बाेलाउने गरेकाेमा वन सम्बन्धि नीति नियमहरु बारेमा वनका अधिकारीहरुसँग थप छलफल गर्नुपर्ने बताए ।

कार्यक्रममा शहिदलखन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक मेघनाथ यादव, स्थानीय वन उपभाेक्ता समूहका अधिकारीहरु, जनजाति उत्थान महासँघ सिप्रेडका गँगा अर्याल लगायतले वन ऐनका बारेमा आफ्ना भनाइ राखेका थिए । कार्यक्रम सामूदायिक वन उपभाेक्ता महासँघ शहिदलखनका अध्यक्ष देवराज खनालकाे अध्यक्षतामा भएकाे थियाे ।

NO COMMENTS