गाेरखा । द्रव्यशाह बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सहित विद्यार्थी सँगठनहरुले लगाएकाे ताला आज खाेलेका छन् । क्याम्पस सञ्चालक समितिकाे राेहवरमा क्याम्पस प्रमुखले १५ दिन भित्र राजिनामा दिने , लेखा प्रमुख १५ लाइ १५ दिन क्याम्पस प्रवेशमा निषेध गर्ने र आर्थिक अनियमतताकाे छानविन गर्न गरी आज विद्यार्थीहरुले ताला खाेलेका हुन् ।
आव २०७९/०८० काे आयव्ययकाे हिसाव हेर्नका लागि आवश्यक कागजपत्र एउटा अलग्गै बाकसमा राखेर त्यसकाे चावी क्याम्पस प्रमुख र स्ववियुका सभापतिले लिएका छन् ।