प्रेस सेन्टर भिमसेन थापा गाउँपालिका अध्यक्षमा सिँखडा

शनिबार, फाल्गुन २६, २०८०

गाेरखा । प्रेस सेन्टर नेपाल भिमसेन थापा गाउँपालिका अध्यक्षमा रविन सिँखडा चयन भएका छन् । आज भिमसेन थापा गाउँपालिका स्थित शहिद स्मृति सभाहलमा भएकाे कार्यक्रममा सिँखडाकाे अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरिएकाे हाे । जसकाे सदस्यहरुमा  प्रतिमा विक, विकास श्रेष्ठ, रामचन्द्र राेका, सुजन श्रेष्ठ, सम्वत मियाँ लगायत रहेका छन् ।

पत्रकार भेला अघि प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गाेरखाकाे आयाेजनामा सूचना प्रविधि तथा आधारभूत पत्रकारीता समबन्धी तालिम प्रदान गरिएकाे थियाे । तालिममा पत्रकार दिपक श्रेष्ठले स्थानीय तहले गरेका कामहरुकाे कसरी समाचार बनाउने, पत्रकार राजेन्द्र न्याैपानेले समाचार कसरी लेख्ने , साेसल मिडियामा आक्रमक प्रचार कसरी गर्ने , पत्रकार विमल श्रेष्ठले फाेटाे कसरी खिच्ने र सामाजिक सञ्जालमा राख्ने भन्ने विषयमा प्रशिक्षित गरेका थिए ।

कार्यक्रममा नेकपा मा‌‌‌‍ओवादी केन्द्रका केन्द्रिय सदस्य लाेक प्रसाद बञ्जराले भिमसेन थापा गाउँपालिकामा प्रेस सेन्टरकाे सँस्थागत विकासका लागि आफूले सकेकाे सहयाेग गर्ने बताए । समाजवादकाे यात्रामा भिमसेन थापा पत्रकारहरुसँग साथै रहेकाे उनकाे भनाइ थियाे । पालिकालाइ ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध, समाजवाद उन्मुख नमुना गाउँपालिका वनाउन सबैकाे साथ र सहयाेग आवश्यक रहेकाे र यसलाइ मिडियाबाट थप प्रभावकारी बनाइ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा गाउँ पार्टी अध्यक्ष विनाेद पाण्डेले पार्टीकाे एसल्ट माेर्चाकाे रुपमा पत्रकारहरु नै रहेकाले पत्रकारहरुलाइ नेकपा मा‌ओवादी भिमसेन थापा गाउँपालिका पार्टीले निरन्तर सहयाेग गर्ने बताए ।

कार्यक्रममा माओवादी नेताहरु भिमसेन थापा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष हाेम बहादुर बराम, ६ का अध्यक्ष रञ्जन रिमाल, ७ का अध्यक्ष नारायण श्रेष्ठ, वाइसियल जिल्ला सम्याेजक सागर श्रेष्ठ, प्रेस सेन्टर नेपाल गाेरखा नगरपालिका अध्यक्ष अभिषेक तामाङ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम प्रेस सेन्टर जिल्ला समन्वय समिति गाेरखाका अध्यक्ष दान बहादुर गुरुङकाे अध्यक्षता र भिमसेन थापा गाउँपालिका इञ्चार्ज विमल श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा उपाध्यक्ष राजेश पाैडेलले स्वागत मन्तव्य राखेका थिए । प्रशिक्षण सहितकाे भेलामा ४० भन्दा धेरै युवा पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।