काँग्रेस – माओवादी गठबन्धनबाट कुन पालिकामा काे प्रमुख र उपप्रमुख ? गठबन्धन दलहरु सबैलाइ मिलाएर लैजाने प्रयास जारी

-


     मनासलु     
     वैशाख १० गते २०७९ मा प्रकाशित


गाेरखा । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय तहका नेताहरु वीच भएकाे जेन्टलमेन्ट सहमति अनुसार माओवादी केन्द्रले चारवटा पालिका बारपाक सुलिकाेट, शहिदलखन, चुमनुब्री र पालुङ्टार नगरपालिका प्रमुख पाउनेछन् । उक्त पालिकाहरुमा उपप्रमुख नेपाली काँग्रेसकाे रहने छ ।

मा‌‌ओवादीले अजिरकाेट, सिरानचाेक , गण्डकी र गाेरखा नगरपालिकामा उपप्रमुख पाउनेछ प्रमुख भने नेपाली काँग्रेसकाे रहनेछ । अन्य स्थानमा जसपा र नेकपा एसलाइ समेत मिलाएर उप प्रमुख दिएर जाने सहमति भएकाे छ । जसपाका लागि धार्चेमा पालिका प्रमुख काँग्रेसले प्रस्ताव गरेकाे छ । त्यस स्थानामा जसपाकाे नेता नभएकाे उसले अन्य पालिका दिन माग गरिरहेकाे छ ।

यस अघि २०७४ मा ३० वटा वडामा जीत हासिल गरेकाे माओवादीले उक्त वडा सबै पाउने त्यसमा केही वडा सदस्य मतभारका आधारमा काँग्रेस, जसपा र नेकपा एसलाइ दिनुपर्नेछ । यसै गरी ४५ वटा वडा जितेकाे काँग्रेसले सबै वडामा अध्यक्ष र मतभारका आधारमा अन्य पार्टीलाइ वडा सदस्य दिनुपर्नेछ । एमाले र जसपा विजयी भएका  १९ वटा वडामा मत भारका आधारमा अध्यक्ष पाउनेछन् । जस्तै एमाले पहिलाे माओवादी दाेस्राे भएकाे भए दाेस्राे हुनेले अध्यक्ष र अरु सदस्यमा मतभारका आधारमा गठबन्धन दलहरुले प्राप्त गर्नेछन् ।

लिखित समहमति भएकाे छैन खाली कुन माेडालिटीमा जाने भन्ने छलफल मात्र भएकाे हाे । गठबन्धन भित्र भएका सबै पार्टीलाइ मिलाएर लैजानुपर्ने दायित्व छ ती नेताले भने । जसपाले एक नगरपालिका सहित दुइ वटा पालिका माग गरेकाले समस्या भएकाे उनले बताए ।

गाेरखामा दुइ वटा नगरपालिका , ९ वटा पालिका र ९४ वटा वडा रहेका छन् ।