काठमाडौं । नागार्जुन नगरपालिका-३ सिंगल ट्रि नजिकै पहिरोमा परि आज शनिबार विहान सवा ११ बजे ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका वडा न-६ निबासी बर्ष २२ को मनोज बिकको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
बिकको घटना स्थलमा नै मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराजले बताए ।