Home Breaking News सिङ्ला पहिराेबाट तीन जना बालबालिकाकाे उद्धार

सिङ्ला पहिराेबाट तीन जना बालबालिकाकाे उद्धार

आइतवार, साउन १३, २०८१
0
307

फाइल तस्वीर

प्रताप गुरुङ / धार्चे । जिल्लाकाे धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित सिङ्लामा आज गएकाे पहिराेमा फसेका तीन जना बालबालिकाकाे उद्धार गरिएकाे छ ।

गाउँ माथिबाट आएकाे पहिराेमा परेर घरमा सुतिरहेका बालबालिकाहरु पुरिएका थिए । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएकाे स्थानीय राज गुरुङले बताउनुभयाे ।

रेसेफाँटमा गएकाे पहिराेका कारण पुरिएका पाँच जनाकाे खाेजी भइरहेकाे छ । घाइते दुइ जनालाई नेपाली सेनाकाे हेलिकप्टर मार्फत काठमाण्डाै लगिएकाे छ ।

NO COMMENTS