यातायात बन्दका कारण जनजीवन प्रभावित

आइतवार, साउन १३, २०८१
0
228
यातायात बन्दका कारण सुनसान रहेकाे छेपेटार चाेक

गाेरखा । जिल्लाबाट लामाे तथा छाेटाे दुरीका लागि छुट्ने बसहरु आज छुटेका छैनन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय  महासँघ गण्डकी प्रदेशले आज प्रदेशभरी यातायात सञ्चालन नगर्न निर्देशन गरेकाे थियाे ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई ७ बुँदे माग सहित मजदुर र यातायात व्यावसायीहरुले ज्ञापनपत्र बुझाएका थिए । राताे नम्बर प्लेटलाई यात्रु बाेक्न दिएकाे अधिकार खारेज गर्नुपर्ने, श्रम आयाेग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा याेजना तत्काल लागु गर्नुपर्ने, यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनकाे कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकुल समायाेजन गर्नुपर्ने, यातायात मजदुर र व्यावसायीकाे सुरक्षाकाे ग्यारेन्टी गर्नुपर्ने, भाैतिक पुर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेकाे कार्यदललाइ क्रियाशिल बनाउने पर्ने लगायतका मागहरू रहेका छन् ।

यातायात बन्द भएसँगै ग्रामीण क्षेत्रबाट जिल्ला सदरमुकाम आउने सवारी साधनहरु र जिल्लाबाट बाहिर जाने सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन् । विहानै देखि टिकट काउन्टरहरु खुलेका छैनन् । सडक सुनसान बनेकाे छ ।

निश्चित गन्तव्यमा निस्किएका यात्रुहरु विचमा अलपत्र परेका छन् । यसले नागरिकहरुकाे दैनिक जनजीवनमा असर पुगेकाे छ ।

यातायात व्यावसायीकाे विज्ञप्ती

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here