गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित रेसेभिरमा गएकाे पहिराेमा परेका चार जना जीत बहादुर गुरुङ, शान्ति भनिने कान्छी गुरूङ, रमेश गुरूङ र रमेश परियार माछाखाेलामा १६ मेगावाटकाे हाइड्राे निर्माणाका लागि काम गरिररहेकाे सँस्था वाटर इनर्जीका कर्मचारीहरु अझै वेपत्ता रहेका छन् ।
दिन भरी गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङकाे नेतृत्वमा लाप्राक, गुम्दा, सिङ्ला गाउँबाट आएका स्थानीय, जेसिवि र डाेजर लगायतका यन्त्र प्रयाेग गरी खाेजी गर्दा समेत वेपत्ताहरू फेला पार्न नसकिएकाे प्रहरीले जनाएकाे छ ।
साेनाल गूरूङ जीत बहादुर गुरुङका पिता हुन् । घाइते भएका दुइ जनाकाे नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरिएकाे छ । घाइते दिलिप गुरुङ र थाम बहादुर गुरुङकाे ग्राण्डी अस्पतालमा उपचार पछि अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेकाे सँविधानसभा सदस्य छम बहादुर तमुले जानकारी दिनुभयाे ।






