उत्तरी गोरखाको सात स्थानमा ‘फोर जी’ सेवा

सोमवार, साउन १४, २०८१
0
173
साम्दाे गाउँकाे माथि रहेकाे नेपाल टेलिकमकाे फाेर जी टावर । तस्वीर निमा दाेर्जे लामा ।

राजेन्द्र न्याैपाने / १४ साउन, गोरखा । चुमनुब्री गाउँपालिका भित्रका सिर्दीवास, विही, ल्हो, सामागाउँमा गरेर सात स्थानमा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सुरु भएको छ ।
सिर्दीवासको सल्लेर र न्याकडाँडा, विहीको विही गाउँ, ल्होको स्यो र ल्हो, सामागाउँको सामागाउँ र साम्दोमा ‘फोर जी’ सेवाका लागि टावर जडान भएको हो । न्याकडाँडा र विहीमा यस अघिनै फोर जी टावरा राखिएको र सेवा सुरु भईसकेका टेलिकमका प्राविधिक भरत डाँगीले जानकारी दिनुभयो ।

मनास्लु सँरक्षण क्षेत्रमा पर्ने यस क्षेत्रमा विदेशी पर्यटकहरु आउने गर्दछ्न । गएको आर्थिक वर्षमा झण्डै १० हजारको सँख्यामा यस क्षेत्रमा पर्यटकहरु आएका थिए ।

नेपाल टेलिकमको फोर जी सेवाले सूचना आदानप्रदान गर्न सहज हुने अपेक्षा गरिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो ।

उत्तरी गोरखाको अन्तिम गाउँ साम्दोमा फोर जी टावर जडान भएको छ, केही दिन भित्र सेवा सुरु हुन्छ, चीनसँगको विकट हिमाली सिमानामा नेपाल टेलिकमको द्रुत सेवा नागरिकहरुले पाउनु राम्रो कुरा भएको अध्यक्ष लामाले बताउनुभयो । रुइला नाकामा पर्ने साम्दो अन्तिम गाउँ हो । यहाँबाट एक दिनको पैदलयात्रा पछि चिनको रुइला भञ्ज्याङ पुग्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here