Home Breaking News तरकारीबाली जाेगाउन बाघ हेरालु

तरकारीबाली जाेगाउन बाघ हेरालु

शनिबार, माघ १२, २०८१
0
170

साँकेतिक तस्वीर

राजेन्द्र न्याैपाने

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर २ स्थित मनकामनामा तरकारी बालिकाे सँरक्षण गर्ने उदेश्यले बाघलाइ हेरालुकाे रुपमा राखिएकाे छ । लगाएकाे बालिनाली बाँदरले खाने गरेका कारण हटिया गाउँका सागर श्रेष्ठले बजारमा पाइने खेलाैना बाघलाइ बारीमा राखेका हुन् ।

याे बाघ राखेदेखि बारीमा बाँदर, कुकुर नआएकाे र बालीनालीकाे सँरक्षण भएकाे स्थानीय हर्क बहादुर विकले बताउनुभयाे । आलु, साग, काउली लगायतका बालीहरू राम्ररी सँरक्षण भएकाे श्रेष्ठकाे भनाइ छ । मनकामना क्षेत्रमा हाेटल व्यावसाय गर्दैअाउनुभएका श्रेष्ठले पाहुनालाइ अर्गानिक उत्पादनकाे परीकार दिने उदेश्यले खेती समेत  गर्दै अाउनुभएकाे छ ।

बाँदरबाट खेती जाेगाउन समस्या परिरहेका बेला याे उपायबारेमा देशभरका किसानहरूलाइ जानकारी दिन जरूरी देखिएकाे स्थानीय नागरिकहरूकाे भनाइ छ ।

NO COMMENTS