Home समाचार अपडेट : बालाजु दुर्घटनामा घाइते भएकाहरूको दुईवटा अस्पतालमा उपचार हुँदै

अपडेट : बालाजु दुर्घटनामा घाइते भएकाहरूको दुईवटा अस्पतालमा उपचार हुँदै

आइतवार, असाेज ५, २०८२
0
121

काठमाडौँ । काठमाडौँको बालाजुस्थित बाइपास चोकमा बस दुर्घटनामा परेर ३१ जना घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–१६ स्थित बाइपास चोकमा आइतबार बिहान दुर्घटनामा परेकाहरूको ग्रिनसिटी र सिल्भर लाइनमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

७ जनाको ग्रिनसिटी अस्पताल र २४ जनाको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ । लोलाङ हुँदै रत्नपार्क चल्ने बा.५ ख ५० नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

बस चालक गोरखा आरुघाट घर भएका २७ वर्षीय अनिल कार्कीलाई नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए ।

ग्रिन सिटी अस्पतालमा उपचार भइरहेका घाइतेहरुः

१.सपना परियार, २२ वर्ष (धादिङ गंगाजमुना गाउँपालिका–५)

२. टेक बहादुर गुरुङ, ५८ वर्ष (गोरखा अरुघाट गाउँपालिका–८)

३.सन्दिप राई, १९ वर्ष (नुवाकोट, विदुर नगरपालिका–३)

४.सृजना गुरुङ, २९ वर्ष (धादिङ, नीलकण्ठ–१४)

५. शर्मिला तामाङ, २२ वर्ष (नुवाकोट ककनी गापा–६)

६.संगिता तामाङ, २४ वर्ष (नुवाकोट ककनी–६)

७. गिता ढकाल, ३५ वर्ष (नुवाकोट शिवपुरी गाउँपालिका–५)

सिल्भर लाइन अस्पतालमा उपचारार्थ घाइतेहरूको विवरण आएको छैन । रातोपाटी

NO COMMENTS