चुमनुब्रीको नीति तथा कार्यक्रम स्वीकृत बजेट ४५ करोड ७९ लाख १६ हजार

बुधबार, असार १०, २०८३
0
11
९ असार, गोरखा । चुमनुब्री गाउँपालिकामा नीति तथा कार्यक्रम स्वीकृत भएकाे छ । नीति तथा कार्यक्रम अनुसार चुमनुब्री गाउँपालिकाको गाउँसभाले आर्थिक वर्ष २०८३।०८४ का लागि बजेट स्वीकृत गरेको छ । कुल ४५ करोड, ७९ लाख १६ हजार ८४० रुपैयाँको बजेट प्रस्ताव गरी पारीत भएको हो ।

चालु खर्च तर्फ २८ करोड ८७ लाख ७८ हजार रुपैयाँ र पुँजीगत तर्फ १६ करोड ९१ लाख ३८ हजार ८४० रुपैयाँ रहने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा चुमनुब्रीको बजेट ४७ करोड ४९ लाख ९८ हजार अनुमान गरिएको थियो । गाउँपालिकामा निकासा भने ४५ करोड २५ लाख ९० हजार मात्र भएको छ ।
पालिकाले गाउँपालिकाको विकासका लागि दिर्घकालिन रणनीतिक महत्वका कार्यक्रम सार्वजनिक गरेको छ ।
कृषि तथा पशुपँछि विकास सम्बन्धी सेवा पहुँच विस्तार गरी कृषि तथा पशुपालन व्यावसाय गर्न चाहने कृषकलाई विउविजन, कृषि औजार, प्रविधि र तालिमका लागि बजेट व्यवस्था गरेको छ ।
पर्यटक, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विकासमा पालिकाले बजेट विनियोजन गरेको छ । पालिका भित्र भए गरेका कामहरुलाई पारदर्शी बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम, विभिन्न सचेतना कार्यक्रम, भेला, गोष्ठी लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।
पालिका भित्र रहेका स्थानीय स्रोतसाधनको समुचित प्रयोगका लागि पालिकाको एकद्वार प्रणालीबाट राजश्व भूक्तानी गरी प्रयोग गर्न सकिने नीति पालिकाले ल्याएको छ । आन्तरिक राजश्व वृद्धिलाई जोड दिइएको छ ।
हिमाली गाउँपालिकामा रुपमा रहेको चुमनुब्री गाउँपालिकाले समयमै बजेट ल्याएर आफूलाई अब्बल सावित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here