प्रहरीमा हप्किदप्की हैन अव नमस्कार प्रचलन सुरु भयाे

बिहिबार, भदौ १८, २०७७
0
175

गोरखा १८, भदौं ।    जिल्ला ट्राफिक प्रहरी कार्यालयले गोरखाले सवारी चेकजाँचमा क्रममा चालकहरुलाई नमस्ते अभियान शुरु गरेको छ । चेकजाँचका क्रममा यस अघि रुखाे स्वभावमा हप्किदप्की रहँदै आएकाे थियाे । ट्राफिक प्रहरीले आजदेखी सवारी चेक जाँचका गर्दा चालकलाई नमस्ते गरेर मात्र सोधपुछ गर्ने शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

‘चालकलाई ट्राफिक प्रहरीले गर्ने व्यबहार नराम्रो भयो भन्ने आलोचना हुने गरेको छ, उनले भने अब ट्राफिक प्रहरीले चालकलाई रोक्छ नमस्ते गर्छ अनि मात्र अबस्यक कागज पत्र चेक जाँच गर्छ ।’ प्रमुख ढकालले ट्राफिक प्रहरीले शुरु गरेको यो अभियानले सवारी चालक र ट्राफिक प्रहरी बिचको सम्बन्ध सुमधुर हुने दावि गरे । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सञ्चालन गरेको अभियान अन्तरगत  गोरखामा पनि शुरु गरिएको हाे ।

सवैलाई जानकारी होस् भन्ने हिसावले कार्यक्रम नै गरेर अभियान थालेको उनले बताए । कतिपय अबस्थामा ट्राफिक प्रहरीको बोलीबचन राम्रो हुदैन सभ्य हुदैन भन्ने पनि गरिएको छ, प्रमुख ढकालले भने नमस्ते गरेर चेकजाँच शुरु गरेपछि ति समस्या नरहने उनकाे विश्वास छ । आजबाट सवारी चालकले सवारी साधनलाई रोकेपछि नमस्ते गरेर सोधपुछ र चेकजाँच अघि बढाउने ढकालकाे भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here