नेपालिको भेष हो ।
विरताको देश हो ।।
फुल फुल्छ चमेली ।
वीर हुन्छन् नेपाली ।।
धैर्यताको छाया छ ।
मनभरी माया छ ।।
डाँफे नाच्छ हिमाल ।
मन् मा हुन्छ शितल ।।
राष्ट्रीयता गाथा हुन् ।
माटो मेरी माता हुन् ।।
स्वाभिमान्मा गर्व छ ।
एकताको मर्म छ ।।
बसन्तको मन्जुर् मा ।
देउडा छ सुदुर् मा ।।
कुहुकुहु कोइली ।
मार्सी धान पहेंली ।।
दुख मेट्ने चौतारी ।
कोहि हुन्न भौतारी ।।
खन्छु आफ्नै कोदाली ।
भेष्भुसामा उजेंली ।।
हिमाल छ शिर मा ।
गोर्खे हामी भिरमा ।।
गोलि गट्ठा काधँमा ।
सिस्नु मिठो खादाँमा ।।
बिरेन्द्र कार्की ‘माईलो’
लयाँटी, अछाम






