काठमाण्डौ बाट शारदा चौलागाइ को मन छुने गजल

आइतवार, कार्तिक १६, २०७७
0
362

ओठले सकिँन बताउन भोलि के पो हुन्छ।
यादले आज नै सताउन भोलि के पो हुन्छ।

सम्झदा नि कति रमाइलो लाग्छ त्यो बिगत
तिम्रै हुँ भनि हक जताउन भोलि के पो हुन्छ।

भाग्य छ भन्दैमा डोकोमा दुध नदुहुनुस
हुन्न सर्पलाई मताउन भोलि के पो हुन्छ

मलाई लाल्छनादेखि बिल्कुल डर लाग्दैन
कोइला हुँ म त तताउन भोलि के पो हुन्छ।।

आँखाको कसिङर बनाई मन् धुमिल पार्यौ
खोज्यौ बाघलाई अत्ताउन भोलि के पो हुन्छ।।

शारदा चौलागाईं
काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here