निस्ठुरीलाई एकपटक सम्झिन मन लाग्यो
धोका दिनेलाई जीन्दगी सुम्पिन मन लाग्यो
जसरी यि मित्रहरु बदलिएका छन अचेल
त्यसैगरी मलाई पनि बदलिन ,मन लाग्यो
समय भएर पनि कोहि बोल्दैनन् म सँग
म देखि उसलाई किन उदासिन मन लाग्यो
खोज्न हिडेका मान्छे कता हराएछन् कुन्नी
हराएको बस्तु भाउलाई भेटिन मन लाग्यो
उन्लाई मेरा कुरा कसैले भनीदिए हुन्थ्यो
मलाई प्रेमले दिलमा लेखीन मन लाग्यो
साहित्य प्रेमी यमराज खड्का






