चुमनुब्रि गाउँपालिकामा नेपाल टेलिकमकाे फाेरजी सेवा सुरु हुने

बुधबार, कार्तिक २६, २०७७
0
321

कात्तिक २६,गाेरखा । विकट  हिमालि भूगाेल रहेकाे जिल्लाकाे चुमनुब्रि गाउँपालिकामा केही समय भित्रै फाेरजी सेवा सुरु हुने भएकाे छ । गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरीराज अधिकारीले उत्तरी गाेरखाका दुइ वटा गाउँपालिका धार्चे र चुमनुब्रीमा टेलिकमले सेवा नदिएकाे भन्दै पटक पटक साँसदमा ध्यानाकर्षण गराएसँगै अघिल्लाे वर्ष धार्चे गाउँपालिकामा टेलिकमकाे फाेनसेवा सुधार भएकाे थियाे ।

चुमनुब्री गाउँपालिका वडा नम्वर ३ स्थित सल्लेरी डाँडामा रहेकाे नेपाल टेलिकमकाे टावर : तस्वीर राजेन्द्र न्याैपाने ।

यस वर्ष चुमनुब्री गाउँपालिकाकाे सिर्दीवास स्थित न्याक डाँडा, चुम्चेत र विहीमा २५ फिट अग्लाे टावर निर्माण गरी फाेरजी सेवा प्रदान गर्न लागिएकाे नेपाल टेलिकम गाेरखा शाखा प्रमुख राजेन्द्र बहादुर श्रेष्ठले बताए ।

टावर कसरी राख्ने भन्ने बारेमा स्थलगत अध्ययनकाे क्रममा आफूहरु सम्बन्धित क्षेत्रमा आइपुगेकाे विहीबाट प्राविधिक सुदिप अर्यालले बताए । हेलिकप्टरबाट समान ल्याएर दुइ महिना भित्र टावरकाे काम सक्छाैँ त्यसपछि फाेरजी इन्स्टलेसनकाे काम सुरु हुने उनले बताए ।

फाेरजी सेवा सुरु भएपछि नेटबाट गरिने सम्पूर्ण काराेवार सजिलै गर्न सकिने उनकाे भनाइ छ । फाेरजीकाे काम कन्सल्टेन्सिलाइ दिएकाे हुनाले ढिलाेमा तीन महिना भित्र सेवा सुचारु हुने गाेरखा शाखा प्रमुख श्रेष्ठकाे भनाइ छ । फाेरजी बारे जानकार प्राविधिकहरु काठमाण्डाै, पाेखरा, धादिङ, गाेरखा लगायतका जिल्लाबाट टावर राख्ने स्थानमा पुगेकाे उनले बताए ।

यस अघि उत्तरि गाेरखामा इन्टरनेटकाे सहज पहुँच नहुँदा महँगाे शुल्क तिरेर इन्टरनेट सेवा लिनुपर्ने र सेवा भरपर्दाे नभएकाले फाइल डाउनलाेड, अपलाेड गर्नका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहँदै आएकाे छ । इन्टरनेट सहज सुविधा नभएकै कारण पालिकामा काम गर्न ताेकिएका बै‌कले समेत आफ्नाे सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here