त्यो व्यक्ति फिर्ता पठाइदे अरू के मागूँ जिन्दगी तँसँग
र आफ्नो मान्छे बनाइदे अरू के मागूँ जिन्दगी तँसँग
कतै चमेली त हाेइन, हेरिरहन्छु जब फूल देख्छु
भन्दिएँ दूरी घटाइदे अरू के मागूँ जिन्दगी तँसँग
नपत्याए सोधी हेर एक पटक के भन्छ नदीले
प्रेमीका,भेट गराइदे अरू के मागूँ जिन्दगी तँसँग
मौन नियाल्नेछौँ एक अर्कालाई आलिङ्गनमा हुनेछौँ
अतीत सम्झी रमाइदे अरू के मागूँ जिन्दगी तँसँग
“फूलको थुङ्गा” ले देको एक चिम्टी उपहार सिन्दुरको
त्यहीँ सिउँदाे सजाइदे अरू के मागूँ जिन्दगी तँसँग
लोचन ‘फूलको थुँगा’






