गाेरखा नगरपालिकामा ७ जना शिक्षक सहित ६५ जना सङ्क्रमित, विद्यालयहरु मङ्सिर १५ सम्म बन्द गर्न निर्देशन

शनिबार, मंसिर ६, २०७७
0
345

 मङ्सिर ६,गाेरखा । गोरखा नगरपालिकामा रहेका विद्यालय भित्रका ७ जना शिक्षक र नगरपालिका भित्रका समुदायमा काेराेना फैलिएपछि गाेरखा नगपालिकाले मङ्सिर १५ गतेसम्म गाेरखा नगरपालिका भित्रका विद्यालयहरु बन्द गर्न निर्देशन गरेकाे छ ।

‘नगरपालिका भित्र थप सावधानी अपाउनु पर्ने देखिएकाले शिक्षण सिकाई बन्द गर्नुपरेको हो, नगरपालिकाले निकालेको सूचनामा भनिएको छ, अन्य क्रियाकलाप गर्दा समेत अनिबार्य सुरक्षा मापदण्ड अपनाएर मात्र गर्न समेत सवैलाई अनुरोध गरिन्छ ।’ नगरपालिका भित्र शुक्रबारसम्ममा शिक्षक तथा कर्मचारी सहित ६५ जना संक्रिय संक्रमित रहेको भन्दै संक्रमितको सम्र्पकमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि स्थितिलाई सामान्य अबस्थामा ल्याउन नगरपालिका भित्रका सवै बिधालयका सञ्चालित प्रत्यक्ष सिकाई सहजीकरण बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत पन्तले जानकारी दिए ।

उनले संक्रमणको आंशका र कन्ट्रयाक्ट ट्रेसिङमा परि कोरोना परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरु रिर्पोट प्राप्त नहुदै समुदाय स्तरमा निस्कने र घुलमिल गर्ने गरेको भन्ने गुनासो समेत आएकाले स्वांब दिएकाहरुलाई अनिबार्य आइसोलेसनमा रहन पनि आग्रह गरेका छन् । रोगको संक्रमण फैलन नदिन तथा संक्रमणबाट अरुलाई जोगाउनका लागि स्वांब दिएका व्यक्तिहरु अनिबार्य आइसोलसन बसेर सहयोग गरिदिन नगरपालिकाले भनेको छ ।

नगरपालिकाले अत्याबश्यक काम बाहेक घर बाहिर नस्किन र निस्कनै परे मास्क लगाएर निस्कन, व्यापार व्यवसाय, कार्यालयको सेवा, सामाग्री ढुवानी लगायतका कार्य गर्दा अनिबार्य सुरक्षा मापदण्ड पालना गर्न तथा भौतिक दुरी कायम गर्द संक्रमण रोक्ने कार्यलाई सफल बनाउन पनि प्रमुख प्रशासकिय अधिकृत पन्तले सवैलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here