मानवसेवा आश्रम गाेरखाकाे ६ तले भवनकाे सँयुक्त शिलान्यास, भवन निर्माणका लागि ६ कराेड ५० लाख खर्च हुने अनुमान

बुधबार, फाल्गुन ५, २०७७
0
247

गोरखा – मानव सेवा आश्रम गोरखाको भवन शिलान्यास गरिएको छ । भवनको एक कार्यक्रम बिच गोरखा नगरपालिका ८ को अर्चले भन्ने स्थानमा शिलान्यास गरिएको हो ।

भवनको शिलान्यास पछि भएको कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आफुले यस अघि देखेको सपना पुरा हुन लाग्दा खुशी भएको बताए । प्रमुख अतिथी मेयर पन्तले गोरखा सदरमुकाम भित्रै मानव सेवा आश्रमको भवन निर्माण गर्ने आफ्नो सपना साकार हुन लागेको भन्दै आगामी दिनमा पनि भवन निर्माणका लागि नगरपालिकाबाट सहयोग जारी रहने बताए ।

संयुत्त रुपमा भवनको शिलान्यास गरेका पालुङटार नगरपालिकाका मेयर ई.दिपकबावु कँडेलले सबै भन्दा ठुलो सेवा मानवी सेवा भएकोले यस्ता कार्यका लागि बन्न लागेको भवनलाई नगरपालिकाले सहयोग उपलब्ध गराउने बताए ।

करिब १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त जमिन गोरखा नगरपालिकाले ५० बर्षकालागी आश्रमलाई भोगाधिकार दिएको छ ।  जमिनमा २१ हजार स्क्वाएर फिटमा फैलिएको ६ तले भवन निर्माण हुने भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केले बताए ।

भवन निर्माणका लागि प्रदेश सरकार मार्फत ५० लाख र गोरखा नगरपालिकाले पहिलो चरणमा २० लाख रुपैयाँ अनुदान स्वरुप उपलब्ध गराएको छ । भवन निर्माणमा ६ करोड ५० लाख रुपैयाँ खर्च हुने संयोजक मास्केले बताए ।

भवनको मङ्गलबार बिहान मानव सेवा आश्रमका प्रमुख संरक्षक डा.गोबिन्द टण्डन, गोरखा नगरपालिका मेयर राजनराज पन्त, उप मेयर बिनाकुमारी श्रेष्ठ, पालुङटार नगरपालिका मेयर ई.दिपकबावु कडेल र उप मेयर पम्फा बसेलले संयुत्त रुपमा शिलान्यास गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र गोरखा उद्योग बाणिज्य संघमा अध्यक्ष जीवनज्योति श्रेष्ठ र गोरखा नगरपालिका ८ का वडाध्यक्ष कृण्णबहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गोरखा आश्रम बालबालिकाहरुक लागि अध्ययन केन्द्र बनाईएको छ । यहाँ अहिले विभिन्न जिल्लाका अभिभावक विहिन ४१ जना बालबालिकाहरुले आश्रय लिदै आएको आश्रमकी मुना लामाले बताइन । सबैलाई निजी स्कुलमा अध्यापन गराईएको उनकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here