१
दुनियाँमा रङ बदल्ने धेरै माथि पुगे
बिद्धान् भलाद्मीहरु सबै वृक्ष सरी नुगे ।
२
भोग्दैछु अनेकौ व्यथाहरु
लेख्दैछु पिडाका कथाहरु ।
३
छाडि गयौ निष्ठुरी एक्लो पारेर
भुल्यौ चोखो सम्बन्ध माया मारेर ।
४
ओत लाग्ने छाता हामी मित्र
सम्हालेको नाता दिल भित्र ।
५
आउ जाउँ घुम्न रमाएर
मायालु ती हात समाएर ।
ताराप्रसाद चापागाई,
धुनिबेशी न.पा। ९ धादिङ






