-रतन पाण्डे’पारतन’का पाँच टुक्का कविता

बुधबार, फाल्गुन ५, २०७७
0
235

१)
मर्दैन सत्य कहिल्यै
टर्दैन पाप जहिल्यै।

२)
जात न ठूला हुन्छन न साना
राता रगतमा नलाउ ताना।

३)
छैन रहेछ निष्ठुरीलाई मायाको मोल
पागल प्रेमी नाङ्गिएर हिँड्छ सारा टोल।

४)
सम्झिदिनेलाई पैतालाको धूलो
बाल्न लाउँदिन गरीबको चूल्हो।

५)
सेतो परेवा आइदिनु
शान्ति अपार छाइदिनु।

रतन पाण्डे’पारतन’                                      दार्जीलिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here