१)
कोही मुसा कोही बिरालो बनेर खेल्ने खेल,
बाँदरलाई के पच्थ्यो र बासमतीको सेल ।
२)
नेपालका भोगी नेता के ल्याउँथे रेल,
छुचुन्द्राको टाउकोमा चमेलीको तेल ।
३)
राम्रो आँखाले हेर्नेलाई पो संसार हुने हो सुल्टो,
चश्मा उल्टो भएपछि संसार घुम्ने रहेछ उल्टो ।
४)
भर्न पाऊँ हे शारदे सबै ज्ञानको थैला,
कञ्चन बनूँ हिमाल झैँ पखालेर मैला ।
५)
मेरै लाल भनी ठूलो भुल गरेछु मैले,
रामको रूपमा हराम भन्ने लाग्छ ऐले ।
श्रीकृष्ण शर्मा पोखरा






