गोरखामा २३ जना नागरिकहरुकाे मोतियाविन्दुको शल्यक्रिया

शुक्रबार, फाल्गुन २१, २०७७
0
198

गोरखा । गोरखामा २३ जना नागरिकहरुकाे मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

मोतियाविन्दुको शल्यक्रिया गर्नु पर्ने पहिचान भएका २३ जनाको बिहिवार आँखाको शल्यक्रिया गरिएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।

लायन्स क्लव अफ गोरखाको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा लायन्स आँखा अस्पताललमा शल्यक्रिया शिविर भएको हो ।

आई केयर फाउण्डेसनको सहयोगमा अहिले नियमित शिविर चल्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here