गाेरखा । गोरखामा काेराेना संक्रमितकाे सँख्या ६१ पुगेकाे छ । ५९ जना होम आइशोलेसनमा र दुईजनाकाे गाेरखा अस्पतालको आइसोलेशनमा उपचार भैरहेकाे छ ।
गोरखा नगरपालिका, भीमसेनथापा गाउँपालिका, पालुङटार नगरपालिका, शहिदलखन गाउँपालिका र गण्डकी गाउँपालिकामा संक्रमित देखिएका छन् ।
जिल्लामा हालसम्म ४७१ जनाकाे पिसिआर परिक्षणाका लागि स्वास सङ्कलन गरिएकाे छ । २६४ जनाकाे नतिजा आउन बाँकी रहेकाे स्वास्थ्य समन्वय कार्यालय गाेरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।





