गाेरखा जिल्लाका १७१ जना सहित ७ हजार ९१४ जनामा काेराेना सङक्रमण

आइतवार, जेष्ठ ९, २०७८
0
188

गाेरखा । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  गाेरखामा ८६ जना महिला र ८५ जना पूरुष सहित १७१ जना सङक्रमित भएका छन् ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए ।

१२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here