बुँकाेट । शहिदखन गाउँपालिका वडा नम्बर ७ बाेर्लाङी गाउँमा स्थानीय धन बहादुर श्रेष्ठकाे गाेठमा पहिराे पस्दा “१ दुहुना भैसिको माउ-पाडा १,ब्याउने भैसी-१ ,बाख्रा-३,बोका-१ पुरिएकाे वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
गाउलेहरुको सहयोगमा १-हल गोरु र भैसी पाडा घाईते अबस्थामा उदार गरिएको छ । पुरिएका चाैपाया सबैकाे सहयाेगमा निकाल्ने तयारी भइरहेकाे अध्यक्ष श्रेष्ठले बताए । वर्षा नराेकिएका कारण सबेलाइ सचेत रहन उनले आग्रह गरेका छन् ।





