गोरखा । गोरखा नगरपालिकाकी उपप्रमुख विना कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठलाइ कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइतबार पिसिआर परिक्षणका लागि स्वाब दिएकोमा मंगलबार रिपोर्ट पोजेटिभ उनकाे भनाइ छ ।
होम आइसोलेसनमा रहेकी उनलाइ रुघाखोकी बाहेक स्वास्थ्य अवस्था भने सामन्य रहेको उनकाे परिवार स्राेतले पुष्टि गरेकाे छ । गाेरखा नगरपालिकाले सोमबारदेखी अत्यवश्यक बाहेक सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।






