बडा दशैँकाे अवसरमा सहयात्री शाेभा अर्यालका १० टुक्का कविताहरू

बिहिबार, असाेज २८, २०७८
0
249

१.
दशैँ आयाे रमझम छाएको छ नि गाउँ शहर,
सानै देखिका उस्तै हुन्छन् ठुलो भए पनि रहर।
२.
दुर्गामाताकाे भजन किर्तन नित्य दिनहुँ पुजा गरि,
बसेका छाै हामी समधुर धुन गुञ्जन मनैमा छरी।
३.
दुर्गा माता भवानीकाे पुजा गराैँ शुद्ध मनले,
बेद पाठ, चण्डी पाठ गर्छौ हामी भक्तजनले।
४.
दशैँमा हामी सबै मिलिजुली खेल्छाैँ पिङ,
स साना बालबालिका लिएर खेल्न हिँड।
५.
नाैँ दिन सम्म दुर्गामाताकाे पुजा हुन्छ मन्दिर तिर,
धेरै जसाे मानवले बलि दिन्छन् खसी बाेकाकाे शिर।
६.
बर्ष दिनको चाडपर्व दशैँ र तिहार आयाेे,
सारा नेपाली जनमा खुशीयाली उमंग छायाे।
७.
हुने खानेलाई मात्रै दशैँ नजिक आइसक्याे,
हामी दु:खी गरिब कसैलाई दशा लाइसक्याे।
८.
रित्तो भकारी मन भरि पीडा आँखामा आँशु कति,
दशैँ तिहार चाडपर्वमा रमाइलो हुन्छ अति।
९.
दशैँमा ठुला बडाकाे आशिर्वाद छ मनमा,
चाडपर्वकाे उमंग छायाे नेपाल जनमा।
१०.
बडादशैँ,तिहार,छठ पर्वकाे अनेकौं शुभकामना,
स्वच्छ रहाेस उच्च रहाेस हरेक ति मनका भावना।
सहयात्री शाेभा अर्याल
रुपन्देही १४, बुटवल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here