शहादत गरेकाे २० वर्ष पछि काजक्रिया सुरु

मङ्लबार, माघ ११, २०७८
0
718

गाेरखा । जनयुद्धमा शहादत गरेकाे २० वर्ष पछि गाेरखाका एक नागरिककाे काजक्रिया सुरु गरिएकाे छ । शहिदलखन गाउँपालिका वडा नम्बर ४ घर भएका सन्देश खनालकाे सहादत भएकाे माघ २२ गते वीस वर्ष पुग्छ, साेमबारबाट काजक्रिया सुरु गरिएकाे छ, उनका भाइ हरिश्चन्द्र खनालले भने ।  तत्कालिन अवस्थामा शहादत गरेकाे ठाउँ हाल माग्दे गाउँपालिका वडा नम्बर ५ मा पर्ने उनले बताए  ।

 

खनालकाे परिवार हाल चितवनमा बसोबास गर्दै आएका छन् ।  खनालका परिवारका सदस्यले हिन्दू संस्कार अनुसार दाहसंस्कारको प्रक्रिया पूरा गरि काजकिरिया शुरु गरेको हो ।

‘देवघाटमा मृतकको स्वरुप बनाएर दाहसंस्कार गरिएको हाे, माइला दाई ईश्वरी प्रसाद खनाल १३ दिनको काजकिरियामा बस्नुभएको छ, हिन्दू संस्कार अनुसारको सबै काम गर्छौं’ मृतकका भाई हरिश्चन्द्र खनालले भने, ‘बुबा आमालाई पनि संस्कार हुन सकेन भन्ने मनमा लागिरहन्थ्यो, त्यही बीचमा बुबा बित्नुभयो, ८४ वर्षको आमाको पनि इच्छा थियो, धार्मिक रुपमा पनि सल्लाह गरिरहेका थियौं, अहिले मौका मिल्यो र काजक्रिया सुरु गरेका छाैँ ।’

तत्कालीन नेकपा माओवादीको तनहुँ जिल्ला कमिटि सदस्य रहेका खनालको २०५८ साल माघ २२ गते सुरक्षा कारवाहीमा शहादत  भएको थियो । खनाल २०३२ साल भदौ २ गते जन्मिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here