किन घट्याे गाेरखाकाे जनसँख्या ?

बिहिबार, माघ १३, २०७८
0
204

गोरखा । गोरखाका ११ स्थानीय तहमा महिलाको भन्दा पुरुषको जनसंख्या न्युन रहेको पाइएको छ । भर्खरै सम्पन्न भएको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्याङक अनुसार जिल्लाका सवै स्थानीय तहमा महिलाको तुलनामा पुरुषको जनसंख्या थोरै रहेको पाइएको हो । जनगणना अनुसार जिल्लाको आरुघाट गाउँपालिकामा महिला ११ हजार ४६७, पुरुष १० हजार ४०९ रहेको पाइएको छ ।

अजिरकोट गाउँपालिकामा महिला ६ हजार ६१३ रहेको छ भने पुरुष ६ हजार ३८९, भीमसेन थापा गाउँपालिकामा महिला ९ हजार २९९, पुरुष ७ हजार ८१९, चुमनुव्री गाउँपालिकामा महिला ३ हजार ५४९, पुरुष ३ हजार २४० जना रहेको प्रारम्भिक तथ्याङकमा उल्लेख छ । त्यस्तै धार्चे गाउँपालिकामा ७ हजार ५३८ जना महिला, ७ हजार २५ जना पुरुष, गण्डकी गाउँपालिकामा ११ हजार २४८ जना महिला, १० हजार ४१४ जना पुरुष, गोरखा नगरपालिकामा २८ हजार ६ जना महिला, २५ हजार २७९ जना पुरुष, पालुङटार नगरपालिकामा १९ हजार ८४३ जना महिला र १७ हजार ४३१ जना पुरुष रहेको प्रारम्भिक तथ्याङकमा जनाइएको छ ।

त्यस्तै सहिद लखन गाउँपालिकामा ११ हजार ९३७ जना महिला, १० हजार ४९२ जना पुरुष, सिराचोक गाउँपालिकामा १० हजार ४७७ जना महिला। ९ हजार ३५२ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकामा १२ हजार ३०१ जना महिला र १० हजार ९२१ जना पुरुष रहेको जनाइएको छ । गोरखा जिल्लामा कुल जनसंख्या भने २ लाख ५१ हजार ४० जना रहेको प्रारम्भिक तथ्याङकमा जनाइएको छ । यसअघि २०६८ सालमा भएकाे जनगणना अनुसार गाेरखाकाे जनसंख्या २ लाख ७१ हजार ६१ रहेकाे थियाे ।

जिल्लामा २०६८ सालमा भएकाे जनगणनामा २० हजार १२ जना जनसँख्या घटेकाे पाइएकाे छ । किन घट्याे जनसँख्या केही कारणहरु हेर्नुहाेस् ।

१. भूकम्प पछिकाे दैनिक जीवन सकसपूर्ण बन्दै गएपछि अवसरकाे खाेजीमा ग्रामिण क्षेत्रका बस्तीहरु अधिकाँश चितवन तर्फ बसाइसराइ जानु ।

२. बुढीगण्डकी जलविद्युत आयाेजनाले मुअब्जा रकम प्रदान गरेपछि त्यस क्षेत्रका नागरिकहरु काठमाण्डाै, चितवन, पाेखरा लगायतका स्थानमा स्थानान्तरण हुनु ।

३. जनगणनालाइ मानिसहरु रहेकै स्थानमा गणना गरिएका कारण याे जनसँख्यामा स्थायी वसाेवास भएकाे स्थानकाे रेकर्ड नरहनु ।

४. दैनिकी गुजारा गर्न नसक्ने परीवारलाइ स्थानीय तहले सँरक्षण गर्न नसक्नु र उनीहरु राेजगारीकाे खाेजीमा शहरमा पस्नु । स्थानीय तहले दिने बजेट कार्यकर्तामुखि हुनु । कार्यकर्ताहरुका लागि सिधै अनुदान खाने अनुदार व्यवहार स्थानीय तहमा हुनु ।

५. राजनैतिक परिवर्तन पछि गाउँमै भविष्य खाेजेका युवाहरु राेजगारका लागि विदेश जानु, उनीहरुका परिवार बालबालिकाहरुलाइ शिक्षा प्रदान गर्ने उदेश्यले बजार केन्द्रित हुनु ।

६. शिक्षामा आएकाे परिवर्तनले दुइ सन्तान नीति कार्यन्वयन हुनु ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here