छिम्केश्वरी डाडाँमा हिउँ पर्याे

शुक्रबार, माघ २१, २०७८
0
356

आँबुखैरेनी, २१ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा रहेको जिल्लाकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरी डाडाँमा हिउँ परेको छ। गएराति देखि परेको अविरल वर्षासँगै आज बिहान देखि छिम्केश्वरी डाँडामा हिउँ परेको त्यहाँबाट स्थानीय शिक्षक सुर्यमान गुरुङले जानकारी दिए।

उनका अनुसार छिम्केश्वरीमा वर्षौ पछि हिउँ परेको हो । हिउँले यतिबेला छिम्केश्वरी डाडाँ सेतै भएको छ। धेरै वर्ष पहिले छिम्केश्वरी डाँडामा हिउँ परेकाे थियाे । यस वर्ष पनि पर्याे स्थानीय धन बहादुर गुरुङले भने । छिम्कालेकमा हिउँ परेसँगै हिउँ खेल्न आउनेहरुकाे सँख्या बढेकाे उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here