माघ २१, गोरखा । पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु र राष्ट्रिय युवा सँघद्वारा गाेरखामा राके जुलुस प्रदर्शन गरेका छन् । शुक्रबार साँझ गोरखा सदरमुकामको हरमटारी चोकमा सरकार र प्रधानमन्त्री विरुद्ध नाराजुलुस गर्दै अनेरास्ववियु र युवा संघले प्रदर्शन गरेका छन् ।
स्थानीय तह निर्वाचनको मिति घोषणामा ढिलाइ गरेकाे र पटक पटक पेट्राेलियम पदार्थमा मूल्यवृद्धि गरेकाे भन्दै प्रधानमन्त्री शेरवहादुर देउवाको पुत्ला दाेहन समेत गरेका छन् । प्रहरी कार्यलयबाट तीनसय मिटर दुरीमा रहेकाे जिल्लाकाे मुख्य चाेकमा प्रधानमन्त्रीकाे पुत्ला दाेहन गरेका हुन् । मागहरु पूरा नहुँदा सम्म आन्दाेलन चलिरहने अनेरास्वियुले जनाएकाे छ ।






