पाेखरा। नेपाल कम्युनिष्ट पार्टी सहितका कम्युनिष्ट पार्टीहरुले फागुन ४ गते नेपाल बन्दकाे आह्वान गरेका छन् । एमसिसि सम्झाैतालाइ सँसदमा लैजान लागेकाे भन्दै विराेध स्वरुप नेपाल बन्दकाे आह्वान गरिएकाे देशभक्त जनगणतान्त्रिक मोर्चाका एक नेताले जानकारी दिए ।
विप्लव नेतृत्वको नेकपा , नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा माओवादी केन्द्र समाजवादी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले एमसिसि सम्झाैताकाे विरुद्धमा बन्दकाे आह्वान गरेका हुन् ।
काँग्रेसकाे सत्ता गठवन्धनले बुधबार प्रतिनिधिसभामा एमसिसि सम्झौता टेबुल गर्ने तयारी गरेका छन् ।
हेर्नुहाेस विज्ञप्ती






