शहिदलखन गाउँपालिकाे केन्द्र, घैरुङमा प्रहरी चाैकीकाे उद्घाटन

शनिबार, फाल्गुन ७, २०७८
0
233

शहिदलखन गाउँपालिका, गाेरखा। पालिकाकाे केन्द्रमा आज प्रजातन्त्र दिवसकाे अवसर पारी प्रहरी चाैकी उद्घाटन भएकाे छ । गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शँकरहरी आचार्यले आज चाैकी उद्घाटन गरेका हुन् । स्थानीय कुल बहादुर गुरुङकाे घरमा स्थापना गरिएकाे चाैकीमा प्रहरी हवल्दारकाे कमाण्डमा पाँच जना प्रहरी रहनेछन् ।

मन्त्री परिषदकाे मिति २०७६ साल असाेज ७ गते बसेकाे बैठकले घैरुङमा पालिका स्तरीय प्रहरी चाैकी निर्माण गर्ने निर्णय गरेकाे थियाे  । शहिदलखन गाउँपालिकाकाे २०७८ साउन २० गते बसेकाे गाउँ कार्यपालिका बैठकले प्रहरी चाैकीकाे आफ्नै भवन निर्माण नहुँदा सम्मका लागि पालिकाे घर लगायतका आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेकाे शहिदलखन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष यम बहादुर राना मगरले बताए ।

चाैकी उद्घाटन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी आचार्यले जनताकाे शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले सँधै सहयाेग गर्ने बताए । बर्दी लगाएका प्रहरीलाइ बर्दि नलगाएका सुरक्षा सिपाही नागरिकहरुले समयमै सूचना दिएर सहयाेग गर्नुपर्ने बताए । गाेरखा जिल्लाका सबै पालिका केन्द्रहरुमा चाैकी स्थापना हुने उनले बताए ।

प्रहरी उपरिक्षक शेखर खनालले घैरुङ प्रहरी चाैकी छिट्टै आफ्नै भवनमा सर्नेमा आफू पूर्ण विश्वस्त रहेकाे बताए । गाउँघरमा भएका घटनाहरुकाे समयमै प्रहरीलाइ जानकारी दिएर असल नागरिककाे परिचय दिन नागरिकहरु लाग्नुपर्ने बताए ।

 

शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले प्रहरीका लागि पालिकाबाट गर्न सक्ने सहयाेग निरन्तर गर्दै जाने बताए ।

चाैकी उद्दघाटन कार्यक्रममा वडा नम्बर नाै का वडा अध्यक्ष राम प्रसाद लामिछाने, नेपाली काँग्रेसका नेता खुनप्रसाद रेग्मी, नेपाल कम्युनिष्ट पार्टीका नेता रमेश श्रेष्ठ, पत्रकार राजेन्द्र न्याैपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शहिद लखन गाउँपालिका शाखा अधिकृत रामचन्द्र गिरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय अनुसन्धान गाेरखाका प्रमुख  उप अनुसन्धान निर्देशक सुदिप अधिकारी, सशस्त्र प्रहरी निरिक्षक भाष्कर बस्नेत, शहिदलखन गाउँपालिका वडा अध्यक्षहरु र स्थानीय राजनितिक दलका प्रतिनिधिहरु लगायत स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष रमेश थापा मगरकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन पालिकाका कर्मचारी पूर्ण बहादुर गहतराजले गरेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here