गण्डकी प्रदेशकाे अधिवेशन फागुन २६ गते बाेलाउन सरकारकाे सिफारिस

बुधबार, फाल्गुन ११, २०७८
0
131

पाेखरा । गण्डकी प्रदेश सभाको अधिवेशन फागुन २६ गते बाेलाउन सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकले उक्त मितिमा अधिवेशन बाेलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।

गण्डकीको बर्खे अधिवेशन असोज ५ गते अन्त्य भएको थियो । दुई अधिवेशनबीचको फरक ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था रहेकाे छ  । चैत ५ गते बर्खे अधिवेशनको ६ महिना पुग्थ्यो । त्यही समय सीमा ख्याल गरी सरकारले फागुन २६ गतेदेखि संसद चलाउने भएको हो ।

आउँदो अधिवेशनमा लैजाने गरी सरकारले ४ वटा विधेयकहरु तयार गरेको जानकारी कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले जानकारी दिएका छन् ।  कतिपय ऐनहरु संशोधन गर्ने गरी संशोधन विधेयक पनि लैजाने र खानेपानी, सिँचाइ र सूचनाको हक सम्बन्धी विधेयक सरकारले यो अधिवेशनमा लैजाने तयारी सरकारकाे रहेकाे छ । सूचनाकाे हक सम्बन्धि विद्येयक कस्ताे बनाउन खाेजिएकाे हाे भनेर सराेकारवालाहरुले चासाे व्यक्त गरेका छन् । मन्त्रालयले आजदेखि विद्येयककाे बारेमा सराेकारवालाहरुसँग छलफल गर्न थालेकाे मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।

सँविधानले सूचनाकाे हकलाइ प्रष्ट पारेकाले गण्डकी प्रदेशले अझै सूचना माग गर्न र सूचना नदिने अधिकारीलाइ जेल सजाय सहितकाे कारवाही गर्न सहज हुने गरी कानुन बनाउनुपर्ने बताइ रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here