बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्जा निर्धारण

बुधबार, चैत्र २३, २०७८
0
212

गाेरखा । सरकारलले धादिङ र गोरखाको सीमामा बन्ने बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्जा निर्धारण गरेको छ।

आयोजनाबाट प्रभावित धादिङ जिल्लातर्फका साविकका गाविसहरू सलाङ, खरी, मैदी, चैनपुर, ज्याम्रुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, मार्पाक र त्रिपुरेश्वरमा रहेको घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्जा निर्धारण गर्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो।

यसैगरी गोरखा जिल्ला प्रशासन कार्यालयले पनि गोरखाका साविका गाविसहरू घ्याचोक, भुम्लिचोक, दर्वुङ, फुजेल, वुङकोट, नामजुङ, बोर्लाङ, धावा, तान्द्राङ, आश्राङ, आरुचनौटे, आरुआर्वाङ, आरुपोखरी र थमीको जग्गामा रहेको घरगोठ र फलफूल/बोटबिरुवाको मुआब्जा तय गरेको हो।

उक्त क्षेत्रमा रहेको जग्गा धनीहरूले मुआब्जा दावीका लागि जग्गाधनी प्रमाणपत्र लगायत १० रुपैयाँको स्टिकर टाँस गरी गोरखाको सिउरेनिटारमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनको कार्यालयमा निवेदन दिन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो।

भवनको मुआब्जा

भवनको मुआब्जा उत्तम, मध्यम र सामान्य गरी वर्गीकरण गरिएको छ। जसमा सिलिल, विद्युत र स्यानेटरी कार्य अनुसार प्रतिवर्गफिट अनुसार रकम तय गरिएको छ।

अन्य संरचनाको मुआब्जा

अन्य संरचानको मुआब्जा उत्तम, मध्यम, सामान्य, खर, गोठ र स्टील गरी निर्धारण गरिएको छ। मुआब्जा रकम प्रतिवर्ग फिटकै आधारमा तय भएको छ। जसमा घरको पाली, कुखुराकाे खाेर, बाख्राको खाेर, पानीको धारा लगायतका संरचना रहेकका छन्।

रुख वा खम्वाको मुआब्जा

जिल्ला प्रशासन कार्यालय धादिङले रुख वा खम्वाको मुआब्जा निर्धारण भने गोलिया काठको प्रति क्यु फिट मिटरमा दर तय गरेको छ। मुआब्जा २२ प्रकारको रुख वा खम्वाको दररेट तय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here