गाेरखामा मा‌ओवादी विरुद्ध काँग्रेस र जनता समाजवादी पार्टी उत्रने

शनिबार, बैशाख ३, २०७९
0
346

गाेरखा ।  दुइ तिहाइ बहुमतकाे कम्युनिष्ट गठबन्धन सरकार हटाएपछि त्यसमा सँलग्न दलहरु समेत गाेरखामा सँगठित हुँदै स्थानीय तहकाे निर्वाचनमा सहकार्य गर्न बैठक बसिरहेका छन् । गठबन्धन दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी गरी चार दल बैठकमा सहभागि हुने गरेका छन् ।

काँग्रेसका जिल्ला सभापति नन्द प्रसाद न्याैपानेकाे सँयाेजकत्वमा बसेकाे छलफल अत्यन्तै साैहार्दपूर्ण वातावरणमा हुने गरेकाे बैठकमा सहभागि मा‌ओवादी केन्द्रका नेता अमर तमुले बताए । उनले भने ,” छलफल जारी छ मनाेननय गर्ने समयसम्म छलफल भइरहन्छ । ”

जिल्लामा धेरै पार्टी सदस्य भएकाे पार्टी माओवादी केन्द्र हाे । त्यसपछि काँग्रेस, नेकपा एमाले, जसपा र नेकपा एस रहेका छन् । काँग्रेसले स्थानीय तहमा विजयी भएका स्थानहरु नछाड्ने बताइरहेकाे छ । काँग्रेस सभापति नन्द प्रसाद न्याैपानेका अनुसार ९ पालिका पहिलै जित भएकाे हाे ,त्यसमा अरु पार्टीले हामीलाइ चाहियाे भनेर हुँदैन ।

बाहिर प्रचार गर्नका लागि काँग्रेस सहितकाे गठबन्धनकाे बैठक बसिरहेकाे छ । भित्र काँग्रेस र जसपाका नेताहरु आन्तरिक छलफलमा रहेका छन् । जसपाका एक नेताका अनुसार माओवादीलाइ कसरी सिध्याउनुपर्छ भन्ने विषयमा काँग्रेसले वर्ष दिन अघिदेखि याेजना बनाइरहेकाे रहेछ उसलाइ साथ दिन हामीसँगै छाैँ ।

अघिपछि कमै देखिने जसपाका नेताहरु चुनावकाे समयमा जिल्लामा बाक्लै उपस्थित हुने गरेका छन् । काँग्रेससँग सहकार्य गर्ने र केही पालिका लिने दाउमा आफ्नाे पार्टी रहेकाे उनले बताए । गठबन्धनकाे बैठक त देखाउने दाँत हाे उनले थप पुष्टि गर्न खाेजे ।

काँग्रेसले जिल्लामा छ महिना अघि देखि निर्वाचनकाे तयारी गरिरहेकाे छ । यसकाे नेतृत्व केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले गरेका छन् । उनले कर्मचारीकाे चाँजाे पाँचाे मिलाउने देखि कुन बुथमा कस्ता सुरक्षा कर्मी सेटिङ गर्ने भन्ने सम्मकाे तयारी गरेका हुन् । नियमले नदिएपनि पछिल्लाे समय  पाण्डेकाे जाेडबलमा  गृह जिल्ला घर भएका शसस्त्र प्रहरी नायव उपरिक्षक रमेश थापा काज सरुवा भएर जिल्लामा शसस्त्र प्रहरीकाे कमाण्ड सम्हालेका छन् ।

जिल्लामा राम्रै छवि बनाएर बसेका तत्कालिन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पाैडेल सरुवा भइ हालका प्रमुख जिल्ला अधिकारी जिल्ला आएपछि काँग्रेसमा खुशी बढेकाे छ । यस विषयमा सर्वसाधरण नागरिकहरु समेत जानकार रहेका छन् । जिल्लामा राष्ट्रिय परिचय पत्र निर्माण वा पासपाेर्टकाे फर्म भर्ने कामका लागि काँग्रेस नेताहरुकाे सहयाेग लिए सजिलै हुने अन्य विधि पद्धतिबाट जाँदा धेरै झण्झट हुने गरेकाे छ ।

गाेप्य रुपमा प्राप्त सूचना अनुसार मतदान स्थलमा अशक्तहरुकाे मत अन्य दाेस्राे व्यक्तिले भन्दा पनि सुरक्षाका अधिकारीहरुले हाल्ने व्यवस्था गर्न भित्री छलफल भइरहेकाे छ । याे कुरा वाहिर ल्याउन नहुने र मतदान स्थालमा मात्र प्रयाेग गर्न सुरक्षा अधिकारीहरुलाइ सहमत गराउने पक्षमा काँग्रेस लागि रहेकाे छ । यस बारेमा काँग्रेस केन्द्रिय सदस्य पाण्डेले आफूले के कारण जिल्लामा सरुवा ल्याएकाे हाे कुरा बुझेर काम गर्न भन्दै सचेत गराइरहेका छन् ।

मा‌ओवादीले जितेका स्थानमा अन्य पार्टीसँग मिलेर भएपनि ११ वटै पालिका काँग्रेसले जित्नुपर्ने पक्षमा पाण्डे छन् । स्ठानीय तह क्लीन स्वीप पार्न सके पछि हुने प्रदेश र सँघकाे निर्वाचनमा काँग्रेस एक्लैले जित हासिल गर्न सक्ने पाण्डेकाे आङ्कलन रहेकाे उनका निकवर्तीहरुकाे भनाइ छ ।

गठबन्धनकाे बैठक मनाेनयन गर्नु अघि सम्म निरन्तर बस्ने त्यसलाइ व्यापक प्रचार गर्ने रणनीतिमा काँग्रेस रहेकाे देखिन्छ । मनाेनयन हुनु भन्दा अघि कुनेपनि सहमति हुने सम्भावना न्युन छ काँग्रेसका एक जिल्ला सदस्यले भने ।

सबै पार्टीहरुले आफ्नाे सङ्गठन बढेकाे बताउँदै आफूहरुलाइ धेरै पालिका दिनुपर्ने बताउँदै आएका छन् । नागरिकहरुलाइ अधिकार प्रदान गर्नका लागि लामाे सँघर्ष गरेकाे माओवादीलाइ चुनावी रणनीतिमा काँग्रेस एमाले भन्दा  पछि पर्दै आएकाे छ । पछिल्लाे समय गाेरखामा जनता समाजवादी पार्टि समेत मा‌ओवादीका विरुद्ध प्रतिष्पर्धा गर्दै आइरहेकाे छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here